काठमाडौं, २७ मंसिर ।
सरकार, प्रमुख प्रतिपक्षी नेपाली काग्रेस र आन्दोलनरत मधेसी मोर्चाबिच आज भएको बार्ता पनि बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बार्तामा काग्रेस र मोर्चाले आ आफनो अडान नछोडेपछि बैठक निष्कर्ष बिहिन भएको हो ।
काग्रेसले पुननिर्माण प्राधीकरण विधेयक र संविधान संशोधनको विधेयक संगै अघि बढाउन प्रस्ताब गरेको थियो । तर मोर्चाले दुबै विधेयक अलग भएको भन्दै पुननिमार्ण विधेयक मात्रै पेश गर्नुपर्ने अडान लिएपछि वार्ता निष्कर्षबिहिन भएको हो ।
बैठकबाट बाहिरिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरुले मोर्चाकै लागि दुबै विधेयकलाई सँगसँगै लानुपर्ने भनेपनि मोर्चाले नमानेको बताउनुभयो ।
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पौडेल, आनन्द ढुंगाना, चिनकाजी श्रेष्ठ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल र मधेसी मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरु सहभागी हुनुभएको थियो ।