भूकम्प र नाकाबन्दीले देश बन्न समय लाग्ने भोः प्रधानमन्त्री

भूकम्प र नाकाबन्दीले देश बन्न समय लाग्ने भोः प्रधानमन्त्री

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ, २७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प र त्यस पछि अघोषित नाकाबन्दीका कारण देश बनाउने आफ्नो सपना ध्वस्त भएको भन्दै यसबाट पार पाउन समय लाग्ने बताउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज  नेपाल प्रज्ञा– प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै उहाले यस्तो बताउनु भएको हो ।

उहाले प्रतिष्ठानले नेपाली समाजलाई रुपान्तरण गरी विचार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ, यसप्रति सम्पूर्ण देशवासीको अपेक्षा छ भन्नुभयो ।
उहाले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास, क्षमता अभिवृद्धि र जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउँदै बौद्धिक विचारलाई समाज रुपान्तरणमा परिणत गर्न सके मात्र यसको सान्दर्भिकता हुने उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भौतिक पूर्वाधार, बजेट तथा जनशक्तिको अभावले प्रतिष्ठानको भूमिकालाई अझ प्रभावकारी बनाउन नसकिएको बताउँदै यसलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानका विभिन्न ठाउँका जग्गालाई भाडामा दिएर आम्दानी गर्ने व्यावसायिक योजना तथा ऐतिहासिक सङ्ग्रहालय र पुस्तकालय बनाउने लक्ष्य प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ