अख्तियारद्वारा डाबर नेपालको उत्पादन नियन्त्रणमा

अख्तियारद्वारा डाबर नेपालको उत्पादन नियन्त्रणमा

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२७ मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत लैजान लागिएको डाबर नेपालको ९० कन्टेर रियल जुस नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

भारत पठाउन तयारी अवस्थामा राखिएको डाबर नेपालको उत्पादनहरुलाई नियन्त्रणमा लिएर छानविन सुरु गरीएको आयोगले जनाएको छ ।

म्याद गुज्रिएका जुस पनि बजारमा लैजान लागिएको भन्ने गोप्य सूचनाको आधारमा अख्तियारले वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर नियन्त्रणमा लिएको अख्तियारका डिएसपी हिमालय श्रेष्ठले जानकारी दिनुभयो । अख्तियारको टोलीले ति कन्टेनर खोलेर अनुसन्धान सुरु गरेको छ ।

यसैगरी हेटौडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक डुण्डीराज न्यौपानेको टोली बारास्थित डाबर नेपालको कारखाना रामपुर टोकनी पुगेर जाँच गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ