भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कञ्चनपुर, २७ मङ्सिर । भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ ।

शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ । नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन चौकीका कर्मचारीले दुई मि दशगजा मिचेर बाँध बनाएका हुन् ।

पुनर्बास नगरपालिका–१ बीचफाँटामा पर्ने नेपाल–भारत सीमास्तम्भ १९१ देखि १९४ सम्मको तीन किमी लम्बाइमा भारतीय वन विभागले मनोमानी रुपले दशगजा मिचेको हो । भारतीय पक्षले दशगजा मिचेर करिब १.६७ मि उचाइको तीन किमी लामो बाँध बनाएको प्रजिअ अर्यालले बताउनुभयो । नेपाली पक्षसँग सहमति र जानकारी नदिई भारतीय वनकर्मीले बनाएको बाँधका विषयमा आफूले मन्त्रालयमा जानकारी गराउने र भारतीय अधिकारीसँग हुने बैठकमा कुरा गरी सच्याउन पहल थाल्ने उहाँले जानकारी दिनु भयो ।

भारतीय पक्षले सो क्षेत्रमा यस अघिदेखि नै बेला बेलामा दशगजा मिच्ने काम गरिरहेको स्थानीय बासिन्दाले अनुगमन टोलीसमक्ष बताएका छन् । भारतले यस क्षेत्रमा सीमा मिचिरहे पनि नेपाली पक्षले चासो नदिएपछि सीमा अतिक्रमण बढिरहेको सीमा बचाऊ समितिका दीनबन्धु अर्यालले बताउनु भयो ।

टोलीमा जिल्ला वन कार्यालयका अधिकृत शिवप्रसाद शर्मा, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पनेरु सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ