काठमडौ २७ मंसिर । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा साङ्गठिन प्रतिवेदनमा बोल्ने क्रम सकिदैछ ।
प्रतिवेदनमा बोल्नका लागि करिब सय जना भन्दा बढी सदस्यहरुले नाम टिपाएका थिए । छलफल सकिएपछि अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा उठेको प्रश्नको जवाफ दिनुहुनेछ ।
गत १५ गते देखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी रुपान्तरणका लागि ठोस योजना नआएको, नेताहरु सत्ता केन्द्रित भएको, सरकारका काम कारबाही प्रभावकारी नभएको, सिमान्तकृत समुदायको अवाजलाई पार्टीले ध्यान नदिएको लगायतका गुनासो गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline