ज्येष्ठ कम्युनिष्ट नेता गुरुङलाई आज सामूहिक अभिनन्दन गरिदै

ज्येष्ठ कम्युनिष्ट नेता गुरुङलाई आज सामूहिक अभिनन्दन गरिदै

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ २७ मंसिर ।  

नेपालका ज्येष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङलाई आज नेपालका सबै वामपन्थी पार्टीले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको छ ।

विसं २००७ सालको राणाविरोधी आन्दोलनका स्वतन्त्रता सेनानी ९८ वर्षीय नेता गुरुङलाई राजधानीमा आज एक कार्यक्रमकाबीच सार्वजनिक अभिनन्दन गर्न लागेका हुन् । अस्वस्थ रहनु भएका नेता गुरुङ अहिले उपचारका लागि काठमाडौंमा हुनुहुन्छ ।

नेता गुरुङलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओावादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–माआवादीका अध्यक्ष मोहन वैद्य किरण सहित सबै वामपन्थी पार्टीका प्रमुख नेताले सामूहिक अभिनन्दन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी प्युठानका संस्थापक सदस्य गुरुङ २०१५ सालको आम निर्वाचनमा ८३ नम्बर निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएको थियो ।

उहाँको अभिनन्दनका लागि सबै वामपन्थी दलको सहभागितामा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको संयोजकत्वमा अभिनन्दन समारोह समिति बनाइएको छ ।

नेता गुरुङलाई काठमाडौंको भृकुटिमण्डपमा रहेको पर्यटन बोर्डको सभाहलमा आज दिउँसो विशेष कार्यक्रम गरी अभिनन्दन गरिने समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ