काठमाडौं, २६ मंसिर ।
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले एच.ए. को परीक्षा रद्द गर्नु पर्ने माग गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले जनरल मेडिसिन (एच.ए.) को प्रश्नपत्र सार्वजनिक गरेर शिक्षा क्षेत्रमा नाङ्गो नाच देखाएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आपत्ति जनाउँदै परीक्षा रद्द गर्नु पर्ने माग गरेको हो ।
संगठकनका महासचिव दिपेन्द्र चलाउनेले एक विज्ञप्ति जारी गर्दै आर्थिक प्रभावमा परेर प्रतिस्ठानका पदाधिकारीले नै प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याएको भन्दै संलग्न पदाधिकारी र कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ ।
‘राज्यले दिएको जिम्मेवारीलाई प्रयोग दुरुपयोग शिक्षामा ब्रम्हलुट गर्ने पदाधिकारी र संलग्न कर्मचारीहरुलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं’ महासचिव चलाउनेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अखिल क्रान्तिकारीले घटनामा संलग्न शिक्षा अध्यक्षलाई बर्खास्त गर्नुपर्ने माग समेत गरेको छ ।