राज्य सत्ता नेकपा माओवादीको हतमा आए मात्र देश सम्बृद्ध बन्छ : प्रकाण्ड

राज्य सत्ता नेकपा माओवादीको हतमा आए मात्र देश सम्बृद्ध बन्छ : प्रकाण्ड

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २६ मंसिर ।

नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले नेपालको राज्यसत्ता माओवादीको हातमा आए मात्रै देश सम्बृद्ध बन्ने बताउनु भएको छ ।

राष्ट्रिय युवा जनस्वयमसेवक भक्तपुरद्धारा आयोजित जिल्लाभेला कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

अहिलेका राजनीतिक दलहरु देश निर्माण तथा राज्यमा शान्ती सुरक्षा कायम गर्न असफल भइसकेको भन्दै प्रकाण्डले अब दलहरुले नेकपा माओवादीलाई राज्यसत्ता सुम्पीय देश १० दिनमा सम्बृद्ध हुनेमा दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय अध्यक्ष झक बहादुर मल्लले राष्ट्र निर्माणको जिम्मा क्रान्तीकारी युवाहरुको काधँमा आएकाले त्यसका लागि सबै युवा एकताबद्ध भएर तमतयारी अवस्थामा रहनु पर्नेमा जोड दिनुभयो ।

आज सम्पन्न युवा जनस्वयमसेवकको जिल्ला भेलाले सुवास अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको सचिवमा प्रमोद गिरी र उपाध्यक्षमा सविन लामा चयन हुनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ