मोर्चाका कार्यकर्ता आन्दोलन र धर्नामा देखिन छोडे

मोर्चाका कार्यकर्ता आन्दोलन र धर्नामा देखिन छोडे

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,२६ मंसिर ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ ।

साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।

महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्तामा निरासापन छाउँदै गएको देखिन्छ ।

महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलङ्गवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सैघण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।

आन्दोलन उचाईमा पुगेको बेला यि नाकाहरु अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौँंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् ।

त्यहाँ अहिले उनीहरूको धर्ना छैन , यता मधेसी मोर्चाका शीर्ष तीन नेताको गृह जिल्ला सर्लाहीको मलङ्गवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ ।

सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई –मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् ।

अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सञ्चालन भएका छन् ।

यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन्, भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् ।

यतिखेर निर्वाधरुपमा यातायात सञ्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।

आन्दोलनले किसानलाई ठूलो सङ्कटमा पारेको महेन्द्रनगरका किसान रामदेव यादवले बताउनुभयो ।

यद्यपि मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताउँछन् ।

मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने व्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयम्ले स्वीकारेका छन् ।

ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्नलगायतका तस्करी भइरहेको छ । हिजोआज धर्नामा बस्नेको सङ्ख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ