मधेस समस्याको निकासका लागि तत्कालै निर्णायक वार्ता हुने मन्त्री राइको भनाई

मधेस समस्याको निकासका लागि तत्कालै निर्णायक वार्ता हुने मन्त्री राइको भनाई

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ,२६ मंसिर ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेस समस्याको निकासका लागि सरकारले तत्कालै निर्णायक वार्ता गर्ने बताउनुभएको छ ।

भक्तपुरको आज आयोजित कार्यकक्रममा उहाँले नाकाबन्दी गर्ने, मानवीय सङ्कट पैदा गर्ने, अवरोध पैदा गर्ने कामले समस्याको निकास ननिस्कने बताउँदै उहाँले समस्याको निकासका लागि वार्ता र संवाद एक मात्र विकल्प रहेको बताउनु भयो ।

राईले नेपालको समस्या लिई बाहिर गएर हारगुहार गर्दैमा र अरुको शरणमा पर्दैमा समाधान नहुने बताउँदै आफ्नो देशको समस्याको समाधान पनि यहीँबाट निकाल्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पबाट भन्दा बढी नाकाबन्दीबाट देशलाई नोक्सान भएकाले अब चाँडै स्पष्ट नीतिका साथ निष्कर्षमा पुगेर समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले अगाडि सारेको दुईवर्षीय सुधारको कार्ययोजनालाई सफल बनाएर जनतालाई अनुभूति हुने गरी परिवर्तन गरिने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ