काठमाडौँ, २६ मङ्सिर ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले जनता, राष्ट्रियता र मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर नहुने बताउनु भएको छ ।
राजधानीमा आज एकीकृत उपभोक्ता संघको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नाकाबन्दी गरेर प्रदेशको सीमालाई हेरफेर गर्न खोजिए त्यसलाई कुनै पनि हालतमा नमान्ने बताउनु भयो ।
हिमाल, पहाड र तराई मिलेर बनेको देशलाई त्यसैअनुरुप प्रदेश कायम गर्नुपर्छ भन्नेमा आफूहरु दृढ रहेको बताउँदै मन्त्री खरेलले देशभित्रबाट उठाइएका कुरामा छलफल गरेर सहमतिमा पुग्न सकिने भए पनि बाहिरबाट हुने कार्यलाई कदापि स्वीकार गर्न नसक्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline