काठमाडौ २६ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले जनतालाई साथ दिएजस्तो गरी स्वार्थ लिन खोजेको आरोप लगाउनु भएको छ ।
नयाँ शक्ति निर्माण अभियानले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । डा. भट्टराईले भारतले मधेशी जनतालाई साथ दिएजस्तो गरी स्वार्थ लिन खोजेको बताउनु भयो ।
नेपाल भारतका शासक बीच भारतमा गोप्य सहमती भएको दावी गर्नुहुदै उहाले नेपाली शासकले बचन पुरा गर्न नसकेकाले भारतले अघोषित नाकाबन्दी गरेको धारणा राख्नुभयो ।
डा. भट्टराईले भदौ ७ गतेको टिकापूर घटनाले पश्चिम तराई शसंकित भएको बताउदै, समस्या समाधानको बाटो स्थानीय स्तरबाटै पहिल्याउनुपर्ने बताउनु भयो ।
राजनितिको एउटा अध्याय समाप्त भएको भन्दै उहाले अबको राजनिति आर्थिक विकास र समृद्धी केन्द्रित हुने जिकिर गर्नुभयो । नयाँ शक्तिले अबको १० वर्ष भित्र मुलुकबाट बेरोजगारीको अन्त्य गर्ने भट्टाराईको दावी छ ।