एमाओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै

एमाओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमडौ २६ मंसिर ।  

एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा आजपनि अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा साङ्गठिन प्रतिवेदनमा छलफल हुनेछ ।

प्रतिवेदनमा बोल्नका लागि नाम टिपाएका सदस्यहरुले धारणा राख्ने क्रम लगभग अन्तिमतिर पुगेकाले अब दुई दिन जतिमा सकिने एमाओवादीले जनाएको छ ।

आजपनि अध्यक्ष दाहालको प्रतिवेदनमाथि बोल्न बाँकी रहेका सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने प्रवक्त दिननाथ शर्माले जानकारी दिनुभयो । यसअघि हिजो १२ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखका थिए ।

गत १५ गते देखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी रुपान्तरण गरेर अघि बढ्नु पर्ने, नेतृत्वले पद र सत्ताको मोह त्याग्नु पर्ने, संगठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ