नाकाबन्दी चाँडै अन्त्य हुन्छ : पूर्वसभामुख नेम्वाङ

नाकाबन्दी चाँडै अन्त्य हुन्छ : पूर्वसभामुख नेम्वाङ

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२५ मंसिर ।

पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सीमामा जारी अवरोध चाँडै हट्ने बताउनुभएको छ । इलामको बाँझो–३ स्थित सिङ्गेश्वरी प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै नेम्बाङले नाकाबन्दी चाँडै अन्त्य हुने बताउनुभएको हो ।

देशकै समस्या देशभित्र नै छलफल र वार्ताको माध्यमबाट समाधान खोज्नुपर्नेमा मधेसवादी दलहरू भारत गएर निकास खोज्नु गलत रहेको टिप्पणी गर्नुहुँदै उहाँले आन्तरिक समस्यामा भारतले कुनै हस्तक्षेप गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

सत्तापक्ष र आन्दोलनरत दलहरूबीच बारम्बार वार्ता र संवाद भएकाले निकास निस्कने उहाँको भनाइ छ । लामो समयदेखि संविधान निर्माणमा लागिपरेको बताउँदै उहाँले क्षेत्र नं २ को विकास निर्माणमा आपूmले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले आजै दमकदेखि बाँझोसम्मको ‘विधाप्रसाद मार्ग’को उद्घाटनसमेत गर्नुभयो । यसैगरी विद्यालय ५० वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले प्रकाशन गरेको ‘विद्यालयको ५० पाइला’ भन्ने स्मारिकाको लोकार्पणसमेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ