नयाँ शक्ति नयाँ विचारका साथ अघि बढने: डा भट्टराई

नयाँ शक्ति नयाँ विचारका साथ अघि बढने: डा भट्टराई

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कास्की, २४ मङ्सिर ।

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका अभियन्ता डा।बाबुराम भट्टराईले मधेस आन्दोलन साम्य हुनासाथ नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने बताउनुभएको छ ।

पोखरामा आज आयोजित एक कार्यक्रममा उहाँले नयाँ शक्ति नयाँ विचारधाराका साथ अघि बढिरहेको उल्लेख गर्नु भयो ।

एमाओवादीले आफूलाई बद्नाम गराउन नयाँ शक्ति पुराना कार्यकर्ता भर्ना गर्ने थलो भएको आरोप लगाएको बताउँदै उहाँले आफूहरुले कोहीकसैलाई कर लगाएर पार्टीमा लाग्न आग्रह नगर्ने स्पष्ट पार्नुभयो ।

मधेसी जनताले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहँदा भट्टराईले आन्दोलनलाई थप उर्जा दिएको भनेर भन्नु गलत भएको बताउँदै मधेसी, महिला, दलित, मुस्लिम अल्पसङ्ख्यकको पक्षमा आफू सदैव लागिपरेकाले त्यस्तो झुटो आरोप लगाएको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ