जङ्गली हाँसको प्वाखसहित एक पक्राउ

जङ्गली हाँसको प्वाखसहित एक पक्राउ

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काँकडभिट्टा  २४ मङ्सिर ।

भारतबाट अवैधरुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको ठूलो परिमाणको जङ्गली हाँसको प्वाखसहित प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

आज दिउँसो झापाको कुमरखोदबाट कनकाई नगरपालिकातर्फ आउँदै गरेको मे १ च ३०१६ नम्बरको जिपमा सातवटा डस्ना बनाई लैजाँदै गर्दा प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । पहिलोपटक पक्राउ परेकाले सोको बजारमूल्य समेत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पव्रmाउ पर्नेमा कनकाई नगरपालिका–३ का देवराज कार्की रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको जङ्गली हाँसको प्वाख, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ