संसद बैठक झण्डै ३ घण्टा ढिला सुरु

 संसद बैठक झण्डै ३ घण्टा ढिला सुरु

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौ,२४ मंसिर ।

संसदमा पुर्न्निर्माण प्राधिकरण बिधेयक प्रस्तुत गर्न दिने मोर्चाले सहमति जनाएपनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अडानका कारण संसद बैठक झण्डै ३ घण्टा ढिला सुरु भएको छ ।

दिउसो तीन बजेको बैठक साँझ ५ बजेका लागि सारिएपनि काँग्रेसले प्रमुख तीन दलबीचको सहमतिअनुसार प्राधिकरण बिधेयक र संविधान सम्सोधन बिधेयक समेत सँगै अगाडि बढाउनु पर्ने अडान लिएपछि बैठक ढिलो गरी सुरु भएको हो ।

काँग्रेसको फरक मतलाई समेत समावेश गर्दै बिधायन समितिले हिजो प्राधिकरण बिधेयक पारित गरेपनि संसद भवन नयाँबानेश्वरमा भने उसले पुन पुरानै अडान दोर्होयाएको हो ।

आन्तरिक सहमति पछि बिधायन समितिका सभापति गंगा चौधरीले आजको बैठकमा प्राधिकरण बिधेयक टेवल गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ