एमाओवादीको केन्द्रीय समितिबैठक स्थगित

एमाओवादीको केन्द्रीय समितिबैठक स्थगित

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २४ मङ्सिर ।

एकीकृत नेकपा(माओवादी)को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहनुपर्ने भएकाले आजको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।”

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथिको छलफल जारी थियो । विगत एक सातादेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशा, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल चलिरहेको मुख्यसचिव पाण्डेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ