तराई, पहाडी र हिमाली बीचको एकता जरुरी : पोखरेल

तराई, पहाडी र हिमाली बीचको एकता जरुरी : पोखरेल

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २४ मंसिर ।

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले मुलुकमा जारी संकट समाधानका लागि तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुनु जरुरी भएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले आज डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, तथा आम नेपाली बीचको एकता हुनु जरुरी भएको बताउनुभयो ।

भारतको चाहनाअनुसार संविधान जारी नभएका कारणले उसले नाकाबन्दी गरेर दुःख दिएको आरोप लगाउँदै उहाँले हामीले आफ्नो स्वाभिमानका लागि संविधान जारी गर्दा अरूले टाउको दुखाउनुपर्ने र दुःख दिनुपर्ने कुनै कारण नभएको धारणा राख्नुभयो ।

राष्ट्रिय एकता हुन जरुरी रहेको बताउँदै महासचिवले हामी बीचको एकता, राष्ट्रियता स्वाभिमान र सर्वपक्षीय समीकरण गरेर सबैले एकजुट भएर आगाडि जानुपर्नेमा जोड दिनुभयो । नाकामा सहजता ल्याउन छिमेकीसँगको सम्बन्ध सन्तुलित हुनुपर्ने महासचिव पोख्रेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ