काठमाडौँ, २४ मङ्सिर । आज ६७औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ ।
हाम्रा अधिकार र स्वतन्त्रता सधैका लागि भन्ने नाराका साथ मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले आज विविध कार्यक्रमको आयोजना गरि मनाउदैछन् ।
राष्ट्रि मानव अधिकार आयोगले दिवसका अवसरमा बिहान राजधानीको भृकुटी मण्डपबाट रत्न पार्कको शान्तिबाटिकासम्म र्यालीको आयोजना गरेको छ । साथै आज दिउँसो आयोगले पुलचोक हरिहर भवन स्थित आफ्नो कार्यलयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
मानवअधिकारको रक्षा र प्रवद्र्धनमा सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप यस क्षेत्रको विकासमा काम गर्दै आएको छ ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले मावनअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।