काठमाडौँ, २३ मङ्सिर ।
मार्ग कृष्ण पक्षको चतुर्दशी तिथी आज बिहानै देखि देशभर ताल तथा पोखरीहरुमा सत्वीज छरी बाला चतुर्दशी पर्व सम्पन्न गरिदै छ ।
आफ्ना परिवार भित्रका सदस्यको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सत्विज छर्ने गरिन्छ । सत्विज छर्नाले मृतकले जिवित अबस्थामा गरेका सबै पाप नष्ट हुने जनविस्वास छ ।
खासगरी आमा बाबु नभएका सन्तानले दिवंगत आफन्तको चिर शान्ति र मोक्षको कामना सहित सत्विज छर्ने गर्दछन् । नेपालका विभिन्न क्षेत्रबाट आएका श्रद्धालु भक्तजनको अहिले पशुपति क्षेत्रमा भिड लाग्ने गर्दछ ।
वाला चर्तुदशीको अघिल्लो दिन आज आफ्ना दिवङगत पितृहरुको दिप प्रज्वलन गरी रातभर जाग्राम बसी आज बिहान दिप सेलाएर सत्विज छर्ने गरिन्छ ।
रातभरि भजन किर्तनका साथ जाग्राम बसेर भोलिपल्ट बिहान पशुपति क्षेत्र, कैलाश, उमाकुण्ड, किरातेस्वर, गुह्ेश्वरी, बनकाली, वाग्मती क्षेत्र लगाएतका स्थानमा आफ्ना पितृको चिर शान्तिको कामना गर्दै सात थरिका चोखो अन्न छर्ने प्रचलन छ ।
धान, गहुा, जौ, मास, मुगी, कागुन, सामा मिसाइएको सप्तधान्य युक्त बिजलाईनै सत्विज भन्ने गरिन्छ । यस पर्वमा जाति, लिङ्ग, धर्म र सम्प्रदायको कुनै भेदभाव हुदैन ।
काठमाडौं उपत्यका बाहेक तनहुको देवघाट ,नवलपरासीको त्रिबेणी, खोटाङको हलेसी महादेब,जलेश्वरको जलेश्वर महादेव लगायतका पिठमा भक्तजनको भिड लाग्ने गर्दछ ।