लोक सेवा आयोगमा जागिर खुल्यो ,५५१ शाखा अधिकृतको दरखास्त आह्वान

लोक सेवा आयोगमा जागिर खुल्यो ,५५१ शाखा अधिकृतको दरखास्त आह्वान

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,२३ मंसिर ।
लोक सेवा आयोगले बुधबार सूचना प्रकाशित गरि ५५१ शाखा अधिकृतको लागि दरखास्त अह्वान गरेको छ । आयोगले खुला तथा समावेशी गरेर जम्मा ५ सय ५१ पदको लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले आगामी चैत १६ गतेदेखि २३ गतेसम्म परीक्षा हुने जनाएको छ । आयोगले व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आह्वान गरेको छ । खुला तर्फ ३ सय १० पदको लागि दरखास्त आह्वान गरेको छ भने महिलाको लागि ७९ वटा पदमा दरखास्त आह्वान गरेको आयोगले जनाएको छ ।

यसैगरी आदिवासीरजनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद छुट्याएको छ । जसमा आदिवासीरजनजातिको लागि ६४ पद, मधेसीको लागि ५५ पद, दलितको लागि २२, अपाङ्गको लागि १५ र पिछडिएको क्षेत्रको लागि ६ पद छुट्याएको छ।

आयोगले ४ किसिमले परीक्षा लिएर अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ । लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ ।

आयोगले आयोगको कार्यालयमा गइ घण्टौ लाइन बसेर दरखास्त दिनुपर्ने बाध्यता हटाएको छ । दरखास्त दिन चाहनेहरुले अनलाइनबाटै दरखास्त फारम भर्न सकिने आयोगले जनाएको छ । दरखास्त आगामी पुस १४ गतेसम्म दिन पाइने छ भने दोब्बर दस्तुर तिरे पुस २१ गतेसम्म पनि दिन सकिनेछ ।

दरखास्तको लागि आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टाछुट्टै ४ सय रुपैयाँ लाग्ने आयोगले जनाएको छ ।

दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु तथा आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा पनि जम्मा गर्न सकिन्छ ।

आवेदनको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ