असल शासन पुरस्कार डा. कोइरालालाई

असल शासन पुरस्कार डा. कोइरालालाई

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,२३ मंसिर ।
असल शासन फाउन्डेसनले यस वर्षको असल शासन पुरस्कार मुटुरोग विशेषज्ञ तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा भगवान कोइरालालाई प्रदान गरेको छ ।

पुरस्कार संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्ध महासन्धि पारित गरेको दिन अर्थात् ९ डिसेम्बरका दिन पारेर आज प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो । पुरस्कारको राशि सम्मानपत्र तथा रनिङ शिल्डसहित रु ११ हजार १११ रहेको छ ।

मुलुकमा असल शासन अभिवृद्धिका लागि योगदान गर्ने सार्वजनिक प्रशासक, पत्रकार र नागरिक अभियन्ता मध्येबाट छनोट गरेर पुरस्कार प्रदान गरिएको उहाले बताउनु भयो ।

कोइरालाले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पतालमा कार्यकारी प्रमुखका रुपमा काम गर्दा आन्तरिक सुशासनका लागि योगदान गरेकाले पुरस्कार दिने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ