काठमाण्डौ,२३ मंसिर ।
यस वर्षदेखि एसएलसी परीक्षाको परीक्षाफल ग्रेडिङ् प्रणालीमा प्रकाशन हुने भएको छ ।
सिंहदरवारमा आज शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय र विभिन्न सरोकारवाला निकाय बीच भएको छलफलपछि शिक्षा मन्त्रालयले चैत्र अन्तिम साता हुने तयारी भएको एसएलसीको परिक्षाफल ग्रेडिङ्ग प्रणालीमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
यसअघि अघिल्लो वर्ष प्राविधिक तर्फको परीक्षाफल ग्रेडिङ् प्रणालीमा प्रकाशित गरिएको थियो । यसपटक ९ वटा तहमा परीक्षाफल प्रकाशित हुने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline