काठमाण्डौ,२३ मंसिर ।
जाजरकोटको तरगां गाविस–५ घर भएकी एक १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत बसपार्कबाट घर जान लागेकी ती युवतीलाई तीन युवकले घर पुर्याइदिने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेको र काँक्रेविहारको जंगलमा लगेर सामूहिक बलात्कार गरेको पिडित उनले बताएकी छन ।
पीडित युवतीले किटानी जाहेरी दिएपछि बलात्कारमा संलग्न तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बलात्कारको आरोपमा वीरेन्द्रनगर–१ का ३० वर्षीय टोपबहादुर गुरुङ, ३१ वर्षीय विनोद जिसी र ३१ वर्षकै शेरबहादुर केसीलाई पक्राउ परेका हुन । अदालतबाट म्याद थप गरेर तीनैजनालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline