आलु खेतीमा सुक्ने रोग, कृषक मर्कामा

आलु खेतीमा सुक्ने रोग, कृषक मर्कामा

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 कञ्चनपुर मंसिर २३/कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–बेल्डाँडी नगरपालिका क्षेत्रमा आलु खेतीमा सुक्ने रोग लागेको छ ।
आलु पाक्ने समयमा आलुको बिरुवा सुकेपछि कृषकहरु मर्कामा परेका छन् । एकिकृत जल स्रोत व्यवस्थापन आयोजनाले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर मार्फत अनुदानमा वितरण गरेको आलुखेतीमा रोग लागेको हो ।
असोज तेस्रो साता देखि लगाएको आलु मंसिर दोस्रो साता देखि आलु सुक्न थालेको कृषकहरुले बताएका छन् । आयोजनाले उक्त क्षेत्रका कृषकहरुलाई अनुदानमा आलुको बिउ वितरण गरेको थियो । अधिकाँस कृषकहरुको आलुखेती सुकेको छ ।
यस क्षेत्रका कृषकहरुले व्यवसायिक र घरयासी प्रयोजनका लागि आलुखेती गरेपनि सबैको आलु सुकेको कृषकहरुले बताएका छन् । आयोजनाले कृषकहरुलाई तालिम, प्राविधिक ज्ञान र अनुदानमा बिउ, औषधी उपलब्ध गराएपनि आलु सुकेपछि कृषकहरु दोहोरो खेतीबाट बञ्चित भएका छन् । जमिन माथीको हरियो बिरुवा सुकेको छ, भने दाना पनि लागेको छैन् ।
बेल्डाँडी नगरपालिका १ झर्नासागरकी कृषक कलावती जोशीले व्यवसायिक रुपमा गरेको पुरै आलु सुकेको छ । जोशीलाई आयोजनाले अनुदानमा दिएको अढाई क्विन्टल आलुको बिउ खेती पुरै सुकेको हो । उनले चार कट्टा जमिनमा लगाएको आलु सुकेपछि लगानी खेर गएको भन्दै चिन्तित भएका छन् ।
‘व्यवसाय गर्न यस वर्ष आलु खेती गरे, गहुँ र धानखेती खेर गयो ।’, उनले भने ‘यस वर्षको दुवै खेती खेर गयो ।’
यस्तै बेलौरी नगरपालिका १२ का रुपसिह थापाको पनि आलुखेती सुकेको छ । उनले दुई कट्टा जमिनमा लगाएको आलु सुकेको छ । आलुमा दाना नलाग्दै आलु सुकेको छ । आलुमा रोग लाग्ने बेला औषधी हालेपनि रोग लागेको उनको भनाई छ । ‘विगतमा बजारबाट ल्याएको बिउ राम्रोसंग फल्थ्यो, तर अनुदानको बिउ पलाउने बेला सुक्यो ।’, उनले भने ‘यस वर्ष आफ्नो लगानी खेर गयो ।’ जोशी, थापा जस्तै यहाँका अनुदानमा बिउ पाएर आलुखेती गरेका कृषकहरुको आलुखेती सुकेपछि विचल्लीमा परेका छन् ।उनीहरुले सरकारी अनुदानमा पाएको बिउ नै सुकेपछि आफुहरुलाई सरकारबाटै घोका भएको गुनासो गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले आलुका डढुवा रोग लागेको हुनसक्ने बताउनुभयो ।
कृषकहरुलाई प्राविधिक तालिम दिएपनि कहिकतै कृषकहरुको कमजोरीका कारण पनि आलुखेतीमा सुक्ने रोग लागेको हुनसक्ने थापाले बताउनुभयो । उहाँका अनुसार मौसमका कारण पनि आलुखेतीमा संसारभर रोग लाग्छ ।
कृषकहरुको प्राविधिक कमजोरी र मौसमका कारण रोग लागेको बरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो । पिबिएसका लागि समेत सो क्षेत्रमा आलु खेती गरिएको छ । ‘कहिलेकाही जमिनमुनी र बिउमा समेत टिकाणु हुन्छन् जसका कारण पनि आलुमा रोग लाग्छ ।’, उनले भने ‘त्यहाँ के कारण रोग लागेको हो, अध्ययन गछौँ ।’
उहाँका अनुसार आयोजनाले कृषि विकास कार्यालय मार्फत उक्त ग्रामिण क्षेत्रमा ५ हेक्टर जमिनमा आलुखेती गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी