डेढ वर्षपछि राप्रपाको दुवै पक्षका नेता एकसाथ कार्यालयमा

डेढ वर्षपछि राप्रपाको दुवै पक्षका नेता एकसाथ कार्यालयमा

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २३ मङ्सिर ।

डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुवै पक्षका नेताहरु चावहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई कार्यक्रम गरेका छन ।

राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्व प्रधानमन्त्री एवम् पार्टी नेता लोकेन्द्रबहादुर चन्दलगायतले समानान्तर पार्टीको काम गर्दै आउनु भएको थियो ।

आलोपालो प्रणालीबाट अध्यक्ष चलाउने सहमतिपछि दुई साताअघि विवाद मिलेको थियो । विवाद मिले पनि चन्द पक्ष कार्यालयमा गएको थिएन ।

पार्टी केन्द्रीय समितिले आज आयोजना गरेको तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा दुवै पक्षका नेताहरु एकसाथ उपस्थित भई पार्टी एक भएको घोषणा गरेका छन ।

कार्यक्रममा अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा मजबुत शक्तिको आवश्यकता भएकाले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभयो । स्थानीय निकायको निर्वाचन गराउन गाउँगाउँबाट दबाब दिइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

भूकम्प पीडित र मधेसका समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी अध्यक्ष राणाको थियो । कार्यक्रममा नेता चन्दले नेपाली जनता राष्ट्रियता र स्वाधीनताका लागि जस्तोसुकै कष्ट सहन तयार छन् भन्ने नाकाबन्दीबाट प्रमाणित भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ