एक महिनापछि रामेछापका तामाङ मृत भेटिए

एक महिनापछि रामेछापका तामाङ मृत भेटिए

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ,२३ मंसिर ।

बिगत १ महिनादेखी हराएका रामेछापका अशोक तामाङ मृत अबस्थामा भेटिएका छन ।

काठमाण्डौको बौद्धमा बस्दै आएका २५ बर्षिय तामाङ कात्तिक १९ गतेदेखी परिवारसंग सम्पर्कबिहिन भएका थिए । करीब १ महिनापछि उनी काठमाण्डौको जर्सिपौवा भन्ने स्थानमा मृत अबस्थामा भेटिएका हुन ।

उनी भेटिएको वरपर प्रशस्त मात्रामा बिषका बोटलहरु भेटिएकाले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनका दाजु मोहन तामाङले भने भाइले त्यसरी आत्महत्या गर्न नसक्ने भन्दै कसैले हत्या गरेर फालेको बताएका छन ।

शंरीरका बिभिन्न भाग कुहिएको अबस्थामा उनको शब भेटिएको छ । शबलाई पोष्टमाटमका लागि त्रिबी शिक्षण अस्पताल महारागंजमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ