संविधान संशोधन नै मुलकको निकास : खड्का

संविधान संशोधन नै मुलकको निकास : खड्का

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,२३ मंसिर ।

पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले यथाशक्य संविधान संशोधन गर्नु नै अहिलेको निकास भएको बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधनमार्फत मधेसवादी दलको माग पूरा हुने र माग पूरा भएसँगै भारतको नाकाबन्दीसमेत हट्ने दाबी गर्नुभयो ।

उहाँले मुलकको आन्तरिक समस्या देशमै हल गर्न सकिने उल्लेख गर्दै मधेशवादी दल भारत गएर ठीक नगरेको बताउनुभयो । काँग्रेस नेतृत्वकै सरकारले संविधान जारी गरेको र अब विकास निर्माणका कामको नेतृत्व पनि काँग्रसले नै गर्ने उहाको भनाई छ।

नेता खड्काले प्रदेशको सीमाङ्कन गर्दा सम्बन्धित प्रदेशका जनताको राय लिनुपर्ने र त्यसो नभए संघीय आयोग गठन गरेर आयोगले दिएका सुझावअनुसार सीमाङ्कन गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ