काठमाडौ २३ मंसिर । भारत सरकारको निमान्त्रणामा दिल्ली पुगेका मधेशी मोर्चाका नेताहरुहरु आज स्वदेश फर्कदै छन् ।
गत आइतबार दिल्ली गएका मोर्चाका शिर्ष नेताहरुले त्यहाँ उच्चस्तरीय राजनितिक भेटवार्ता गरी आफ्ना माग सम्बोधनका लागि भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए ।
दिल्ली भ्रमणका क्रममा मोर्चाका नेताहरुले विदेशमन्त्री सुष्मा स्वराज, विभिन्न दलका नेताहरु, विदेश सचिव यस जयशंकर, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार लगायतका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
पछिल्लोराजनितिक घटनाक्रमका बारेमा छलफल गर्न मोर्चा आवद्ध दल संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महत्तो, तमसपाका महेन्द्र राय यादव दिल्ली गएका हुन् ।
आज राति स्वदेश फर्किने तयारीमा रहेका उनीहरुले सम्भव भए प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने प्रयास गरिरहेको बताइएको छ । संघिय समाजवादी फोरमका अध्यक्ष यादव र तमलोपा अध्यक्ष ठाकुर काठमाडौ फर्किने कार्यक्रम छ भने सद्भावना अध्यक्ष महातो पटना हुदै मधेशमै जाने कार्यक्रम रहेको जनाइएको छ ।