एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक आजपनि

एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक आजपनि

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २३ मंसिर ।

एकिकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा आजपनि अध्यक्ष पुष्पकमल दाहालको राजनितिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने जारी रहने बताइएको छ ।

प्रतिवेदनमाथि बोल्न ९० जना भन्दा बढीले नाम टिपाएकाले बैठक अझै केही दिन लम्बिने पार्टी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

यसअघि बोल्ने केन्द्रिय सदस्यहरुले पार्टीले जनभावना र जनचाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न आग्रह गरेका छन् ।

पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट कट्ने, सुख–दुःखमा साथ नदिने प्रवृत्तिले पार्टी, क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टी्भित्र सुधारको आवश्यकता भएको नेताहरुले धारणा राखेका थिए ।

यस्तै, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा अडान राखेकै आधारमा पार्टीलाई नै सिध्याउने ढंगले महासचिव कृष्णबहादुर महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेकोमा आपत्ति प्रकट गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ