काठमाण्डौ,२२ मंसिर।
बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी आज घुस लिँदा दिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल कार्यालय हेटौंडाको टोलीले जिल्ला शिक्षा अधिकारी भण्डारीलाई घुस रकमसहित पक्राउ गरेको हो । जिशिअ भण्डारीलाई सिमराको झापाली होटलबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
तलब निकासा गरिदिने भनी एकजना शिक्षकसँग दस हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले जिशिअ भण्डारीलाई पक्राउ गरेको हो ।
जिशिअ भण्डारीले घुस बापत लिएको दस हजार नगद समेत बरामद गरिएको अख्तियारका प्रवक्ता महेन्द्रनाथ भट्टराईले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline