काठमाण्डौ,२२ मंसिर।
नेपाल भारत सीमा नाका ठप्प पारेर धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र गौरका स्थानीयबीच आज साँझ झडप भएको छ । झडपमा ४ आन्दोलनकारी घाइते भएका छन् ।
गौर–२ का रोहित साहलाई गौर–बैरगनिया सीमा क्षेत्रको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीले दुर्व्यवहार गर्दै हातपात गरेपछि झडप भएको हो ।
भारतको बैरगनिया बजारबाट विवाहको सामान किनेर फर्कने क्रममा साहलाई दशगजाक्षेत्रमा धर्नामा बसेका आन्दोलनकारीले समान लैजान नदिने भनेपछि बिवाद भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline