इटहरी, २२ मङ्सीर ।
इटहरी उपमहानगरपालिका २६ स्थित भवानीपुरमा स्थानीयवासीको लगानी र सक्रीयतामा निर्माण गरिएको पक्की प्रहरी चौकी भवन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ओम अधिकारीले आज उद्घाटन गरी सञ्चालनमा ल्याएका छन ।
चारकोशे जङ्गल नजिकमा रहेको भवानीपुर क्षेत्रमा काठ तस्करी बढि हुने गरेको घट्नाप्रति सचेत हुँदै स्थानीयवासीले सो स्थानमा प्रहरी चौकी भवन निर्माण गरि दिएका हुन ।
समाजमा शान्ति सुरक्षा एवम अनुशासित बनाई राख्नका लागि प्रहरी आवश्यक पर्ने महसुस गरेर स्थानीय समाजसेवी चेतबहादुर श्रेष्ठबाट प्राप्त जमिनमा स्थानीयवासीले झण्डै १५ लाख रुपियाँबढि लगानीमा प्रहरीका लागि पक्की भवन निर्माण गरिदिएको उद्घाटन समारोहमा जानकारी दिईएको छ ।
थुनुवा राख्ने तथा प्रशासनिक कक्ष सहित पाँत कोठे भवनको प्रहरी नायव उपरीक्षक ओम अधिकारीले उद्घाटनपछि आफ्नो धारणा राख्नुहुँदै जनस्तरबाट प्रहरीलाई प्राप्त हुने मद्दत नै प्रहरीले अपराध नियन्त्रण गर्न सक्ने महत्वपूर्ण कडि बनिरहेको स्पष्ट पार्नुभयो ।
स्थानीयवासीको सहयोग र समर्थन बेगर प्रहरी एक्लैले आपराधिक गतिविधि नियन्त्रण गर्न मुस्किल पर्ने तर्फ सचेत गराउदै प्रहरी नायव उपरीक्षक अधिकारीले जहिले पनि प्रहरीको सफलता स्थानीयवासीको समन्वयमा भर पर्ने विश्वास समेत दिलाएका छन ।
स्थानीय समाजसेवी भैरव राईको अध्यक्षतामा भएको भवानीपुर प्रहरी चौकी भवन उद्घाटन समारोहमा स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम समाजसेवी लगायतले सो क्षेत्रको बस्तुस्थितिका विषयमा प्रहरीलाई अवगत गराउनु भएको थियो