भ्रम हटाउन युवावर्ग क्रियाशील हुनुपर्छ : मन्त्री राई

भ्रम हटाउन युवावर्ग क्रियाशील हुनुपर्छ : मन्त्री राई

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौँ, २२ मङ्सिर ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले संविधानका बारेमा मधेसमा फैलिएको भ्रमलाई हटाउन युवावर्ग क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

युवा सङ्घ नेपालको स्थायी कमिटीको बैठकमा उहाँले मधेसकेन्द्रित भई संविधानकाबारे अभियान संचालन गरी मधेस आन्दोलनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

सङ्घको इन्चार्जसमेत रहनुभएका मन्त्री राईले अहिलेको संविधानले मधेसी जनतालाई उपलब्ध गराएका अधिकारका बारेमा युवा सङ्घ मधेसमा गएर यथार्थ सूचना प्रवाह गरी मधेस आन्दोलनले मुलुकमा उत्पन्न गरेको परिस्थितिका बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।

यसैगरी, यही मङ्सिर २९ गते सर्लाहीको हरिवनमा कार्यकर्ता भेला तथा प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष राजीव पहारीको अध्यक्षतामा बसेको बैठकले मधेसकेन्द्रित भई मधेस आन्दोलनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ