थप तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइँदै

थप तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइँदै

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, २२ मंसिर ।

सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारण स्थल निर्माण गर्ने भएको छ । तीन स्थानमा ६ र ६ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताउनुभयो ।

इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
चीन सरकारको सहयोगमा सोही स्थानमा एक÷एक हजार किलोलिटर क्षमताको डिजल भण्डारणस्थल पनि निर्माण गरिने भएको छ ।

भण्डारणस्थल निर्माणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ र परराष्ट्र मन्त्रालयले प्रस्तावलाई अगाडि बढाइसकेको छ । हाल मुलकुमा ७१ हजार ५ सय ६९ किलोलिटर पेट्रोल, डिजेल र हवाई इन्धन मात्र भण्डारण हुँदै आएको छ । मट्टीतेल र एलपिजी ग्यास भण्डारणको व्यवस्था भएको छैन ।

हाल कायम रहेको भण्डारण क्षमतामध्ये एक सातालाई पुग्ने पेट्रोलको भण्डारण क्षमता रहेको छ भने डिजेलको १५ दिन र हवाई इन्धनको भण्डारण क्षमता सात दिनलाई मात्र पुग्ने रहेको छ । भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा भण्डारण क्षमता नहुँदा उपभोक्ता नराम्ररी प्रभावित भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ