एसिया लोकतन्त्र र मानवअधिकार सम्मान दनुवारलाई

एसिया लोकतन्त्र र मानवअधिकार सम्मान दनुवारलाई

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, २२ मङ्सिर ।

‘एसिया लोकतन्त्र र मानवअधिकार अवार्ड–२०१५’ शक्ति समूह नामक संस्थाका अध्यक्ष सुनिता दनुवारलाई प्रदान गरिने भएको छ ।

ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले प्रदान गर्ने रू एक लाख अमेरिकी डलर बराबरको सम्मान ग्रहण गर्न दनुवार आज ताइवानतर्फ प्रस्थान गर्नुभएको छ ।

फाउन्डेसनले एसियामा मानवअधिकार तथा लोकतन्त्रका विषयमा महत्वपूर्ण योगदान पु¥याउने कुनै एक व्यक्ति वा संस्थालाई हरेक वर्ष सम्मान वितरण गर्दैै आएको छ ।

उहाँको साहस, नेतृत्व र मानव बेचिबखनविरुद्धको उल्लेखनीय कार्यको सम्मान गर्दै यही डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ताइपेइमा सो सम्मान प्रदान गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ