काठमाडौ २२ मंसिर ।
एकिकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा आजपनि अध्यक्ष पुष्पकमल दाहालको राजनितिक प्रतिवेदनमाथि छलफल जारी रहने बताइएको छ ।
प्रतिवेदनमाथि बोल्न ९० जना भन्दा बढीले नाम टिपाएकाले बैठक अझै केही दिन लम्बिने पार्टी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । गत १५ गते देखि सुरु भएको बैठकमा हिजो सम्ममा ५६ जनाले आफ्नो धारणा राखिसकेका छन् ।
यसअघि धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी रुपान्तरण गरेर अघि बढ्नु पर्ने, नेतृत्वले पद र सत्ताको मोह त्याग्नु पर्ने, संगठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline