काठमाडौ २२ मंसिर ।
नेकपा एमालेको हिजोबाट चितवनमा सुरु भएको अगुवा कार्यकर्ता भेला आज पनि जारी छ । आजको भेलामा टोली नेताहरुले प्रतिवेदन पेश गर्ने बताइएको छ ।
विभिन्न विषयमा नेतृत्वले पेश गरेको प्रतिवेदनमा समुहगत छलफल गरेका उनीहरुले लिखित प्रतिवेदन बुझाउन लागेका हुन् । प्रतिवेदनलाई समेटेर चितवन भेलाले तराई मधेश र संविधानका विषयमा पार्टीको औपचारिक धारणा तय गर्नेछ ।
महासचिव इशवर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदिप ज्ञवाली र पूर्वान्चल संयोजक भिम आचार्यले हिजो पेश गर्नुभएको प्रतिवेदनमा छलफलका लागि विभिन्न ९ ओटा समुह निर्माण गरेका छन् ।
टोली नेताले बिहान ८ देखि ११ बजेसम्ममा समुहमा गरि तयार परेको लिखित प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिनुभयो ।
भेलामा तराईका २२ जिल्ला अध्यक्ष, अन्चल इनचार्ज तथा केन्द्रिय सदस्य सहित करिब ३ सय प्रतिनिधि सहभागी रहेका छन् ।