सप्तरी मंसीर २१ गते । पाँच महिनाअघि राजविराज जान्छु भन्दै घरवाट हिडेका सप्तरीवासी एक युवक अहिलेसम्म वेपत्ता छन् । असार २१ गते घरवाट हिडेका विषहरीया ३ का २० वर्षिय रमेश यादव अहिलेसम्म घर फिरेका छैनन् ।
अनटेस्ट मोटरसाईल लिएर विहानै घरवाट हिडेका उनी भोलीपल्ट विहानसम्म पनि घर नफिेपछि उनका परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतालसका लागि निवेदन पनि दिए तर, उनी जिवितै छन् वा मरीसके कसैले सुईको समेत पाउन सकेको छैन ।
वेपत्ता भएको भोलीपल्टदेखि उनका वावु गजेन्द्र छोराको अवस्था पत्ता लगाउन आफु पनि भौतारिएका छन् । तर, रमेशको अवस्थाका वारेमा नत प्रहरीले नै कुनै पत्तो लगाएको छ, नत उनले नै कुनै सुराक फेला पार्न सकेका छन् । तर, खोजी कार्यभने निरन्तर जारी राखेको गजेन्द्रले वताए । “मैले घट्ना भएको भोलीपल्टै प्रहरी निवेदन दिएको छु र आफु पनि रातदिन नभनी कुदेको कुदैछु” उनले भने– “तर, नत मैले नै केहि उपलब्धी हात पार्न सकें नत प्रहरीवाट नै कुनै सफलताको समाचार सुन्न पाएँ ।” अथक प्रयास गर्दा पनि अहिलेसम्म छोराको अत्तोपत्तो नलागेको उनले लाचारी प्रकट गरे ।
रमेशले प्रयोग गर्दै गरको मोवाईलको कलडिटेल र शंकास्पद २–३ जना ब्यक्तिको नाम समेत आफुले प्रहरीलाई वुझाएको जानकारी दिदै पिता गजेन्द्रले भने– “खै किन हो त्यति गर्दा पनि प्रहरीले अहिलेसम्म कुनै सकारात्मक सुचना दिएको छैन ।” उनले छोराको सकुशल घर फिर्तीका लागि पहल गरिदिन सवैलाई आग्रह समेत गरेका छन् ।
यता, प्रहरीले भने रमेश अपहरणमा परेको आशंकामा शंकास्पद २ ब्यक्तिलाई पक्राउ गरी अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका ईन्स्पेक्टर लालध्वज सुवेदी भन्छन– “रमेशको अपहरण भएको शंका छ, हामीले २ जनालाई पक्राउ पनि गरेका छौ, अनुसन्धान र खोजतलास दुवै चलिरहेको छ ।” रमेशलाई भारतीय क्षेत्रमा लुकाएर राखेको हुनसक्ने वताउँदै अपहरणमा संलग्न मुख्य अभियुक्तहरु अझै फरार रहेको उनले जानकारी दिए ।
उनले रमेशले प्रयोग गर्ने मोटरसाईकल सिमावर्ती भारतीय क्षेत्रको मोहनपुर मौवाह नजिक क्षतीग्रस्त अवस्थामा फेला परेको पनि जानकारी दिए । तर, रमेशको अवस्था वारे भने अझै केहि खुल्न नसकेको र खोजतलास कार्य भने जारी रहेको उनको भनाई छ ।