काठमाडौ २२ मंसिर ।
न्याय परिषदको बैठक आज बस्दैछ । गम्भिर संबैधानिक एवम् कानुनी प्रश्न समावेश विवादहरुको निरुपण गर्न संवैधानिक संकट उत्पन्न भएपछि छुट्टै संबैधानिक इजलास गठनका विषयमा छलफल गर्न परिषदको बैठक बोलाइएको हो ।
गम्भिर संवैधानिक व्याख्याको विषयमा समावेश भएको मुद्धाको सुनुवाईका लागि सर्बोच्च अदालतमा एक छुट्टै संवैधानिक इजलास रहने संविधानमा व्यवस्था छ ।
नेपालको संविधान जारी भएपछि दायर भएका र अन्तरिम संविधान अनुसार तत्कालिन समयमा दायर भएका कतिपय रिट निवेदनमा संवैधानिक प्रश्न समावेश छ ।
संबैधानिक इजलासको अभावमा ती रिट निवेदनहरुको सुनुवाए हुनसकेको छैन । त्यसका लागि न्यायाधीश सिफारिस गर्न बैठक आह्वान गरिएको परिषद सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline