“एम्बुलेन्स जल्छन्, घाइते मारिन्छन्, प्रहरीमाथि आक्रमण हुन्छ, सरकारले कति संयमता अपनाउने ?” :प्रधानमन्त्री

“एम्बुलेन्स जल्छन्, घाइते मारिन्छन्, प्रहरीमाथि आक्रमण हुन्छ, सरकारले कति संयमता अपनाउने ?” :प्रधानमन्त्री

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

चितवन, २१ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताप्रति नेकपा (एमाले) सबैभन्दा बढी चिन्तित रहेको बताउनु भएको छ ।

एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलालाई आज सौराहामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले नेपालका हिमाल, पहाड, मधेस र तराई जहाँ जो बसे पनि सबै नेपाली भएको बताउँदै एकार्काका बीचमा मानवीय दृष्टिले बन्धुत्वको व्यवहार गर्ने काममा एमाले कहिल्यै पछि हट्दैन भन्नुभयो ।

उहाँले भन्नुभयो–“मधेसका जनताप्रति अहिले सरकार चिन्तित छ, नाकाबन्दी गरेर जनतालाई सास्ती दिने र आर्थिक रुपमा सङ्कटतर्फ धकेल्ने काम जो कोहीले गरे पनि अस्वीकार्य हुन्छ ।

उहाँले मधेसी, महिला, जनजाति, दलित, अल्पसङ्ख्यक लगायतका पक्षमा संविधानमा स्पष्ट उल्लेख रहेको बताउँदै  “महिलाहरु राष्ट्रपति र सभामुख भएका छन्, यही संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ ।”  भन्नुभयो ।

“एम्बुलेन्स जल्छन्, घाइते मारिन्छन्, प्रहरीमाथि आक्रमण हुन्छ, सरकारले कति संयमता अपनाउने ?” उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “जनतालाई सास्ती र प्रहरी मार्ने काम सह्य हुँदैन ।” शान्ति र सामाजिक जीवन खल्बलाउने र अर्काको हक हनन गर्ने जोकोही माथि सरकार उदार बन्न नसक्ने बताउँदै उहाँले भन्नुभयो “सरकार जनताको जिउको रक्षाका लागि मैदानमा उत्रनैपर्छ, सधैँ यसरी चल्दैन ।”

उहाँले आग्रह गर्नुभयो “अब मधेस बनाऔँँ, मधेसलाई पछाडि पर्न नदिऔँँ ।” मधेसवादी दलसँग भइरहेको वार्ताप्रति इङ्गित गर्दै उहाँले कूटनीतिक प्रयास भइरहे पनि बैठकमा एकातिर बोलाए अर्कातिर जाने प्रवृत्तिले वार्ता सफल हुन नसकेको भनी व्यङ्ग्य गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “कहिले आउन भ्याउनुहुन्न, कहिले अन्तै बैठक पर्छ ।”
सीमाङ्कनका विषयमा प्रधानमन्त्री ओलीले मधेसवादी दलले निहुँ खोज्ने काम मात्रै गरिरहेको बताउनुभयो । भारतमा ६५ वर्ष बित्दा पनि प्रदेशको सीमाङ्कन हेरफेर भइरहेको बताउँदै उहाँले हामी यसमा छलफल गर्न तयार छौँ, सच्याउन सकिन्छ भन्नुभयो । सीमाङ्कन भूगोल र जनसङ्ख्याका आधारमा व्यावहारिक हुने गरी गर्नुपर्ने बताउँदै उहाँले प्रदेशको राजधानी, नामाङ्कन लगायत विषय बाँकी रहेकाले तिनीहरुलाई पनि एकै पटक छलफल गरेर टुङ्ग््याउन सकिन्छ भन्नुभयो । भौगोलिक, प्रशासनिक र स्रोतको समान उपभोग हुने गरी प्रदेश व्यवस्थित गर्न सकिने उहाँले बताउनुभयो ।

भेलाको उद्घाटन सत्रमा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनतालाई सम्बोधन गर्न सकेको संविधानको अन्तर्वस्तुलाई गाउँ गाउँमा पुगेर बुझाउनका लागि सहज होस् भन्ने उद्देश्यले भेलाको आयोजना गरिएको बताउनुभयो । बृहत् छलफलपछि एमाले ठोस निष्कर्षमा पुग्ने पनि उहाँले बताउनुभयो ।
मङ्गलबारसम्म चल्ने भेलामा तराईका २२ जिल्लाका २७५ सांसद, जिल्ला अध्यक्ष, इन्चार्ज, अञ्चल संयोजक, इन्चार्ज, केन्द्रीय नेतालगायतको सहभागिता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ