परम्परागत ढङ्गले पार्टी चल्न नसक्ने एमाओवादी नेताको धारणा

परम्परागत ढङ्गले पार्टी चल्न नसक्ने एमाओवादी नेताको धारणा

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २१ मङ्सिर ।

परम्परागत ढङ्गले पार्टी सञ्चालन गर्ने पद्धतिलाई तत्काल सुधार गर्न एकीकृत नेकपा(माओवादी)का केन्द्रीय सदस्यले पार्टीको शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि धारणा राख्ने सदस्यहरुले बदलिँदो परिवेशलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले विगतकै पद्धति र प्रणालीका आधारमा पार्टी चलाउने र फरक मतलाई सम्मान गर्न नसकिए गलत संस्कार हुर्कने भएकाले त्यसलाई बेलैमा सच्याउन आग्रह गरे ।

राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सङ्कटमा परेका बेला पार्टीले स्पष्ट नीति तथा योजना अगाडि सार्नुपर्ने, संविधानसभाले पारित गरेको संविधानको सहज कार्यान्वयन गर्दै आन्तरिक राष्ट्रियताको सुदृढीकरण गर्नुपर्ने उनिहरुको धारणा थियो ।

माओवादी मान्ने सबै घटक र पार्टीबीच एकता प्रक्रिया सुरु गर्न, विगतमा विभिन्न कारणले छुट्टाछुट्टै रुपमा रहेकालाई समेट्न स्पष्ट खाका र कार्ययोजना ल्याउनुपर्नेमा समेत जोड दिएका थिए ।

आजको बैठकमा विश्वभक्त दुलाल, नारायण दाहाल, देवी खड्का, नारायण शर्मा, नन्दकुमार प्रसाईं, शालिकराम जमरकट्टेल, पुष्पा घर्ती, लक्की शेर्पा, पवन शर्मा र ज्वाला साहले अध्यक्ष दाहालको प्रतिवेदनमाथि आआफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ