काठमाडौं, २१ मंसिर ।
एकीकृत नेकपा माओवादीका सचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि आज थाइल्यान्ड लगिएको छ ।
विगत केही समयदेखि वंशाणुगत कमलपित्त र कलेजो सुन्निने समस्याका कारण पीडित पुनको यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सचिव पुनको थप स्वास्थ्य उपचारका लागि आजै थाइल्यान्ड लगिएको जानकारी दिनुभयो ।
भारतको मेदान्त अस्पतालमा गरिएको उपचारपछि स्वास्थ्यमा केही सुधार भएपनि थप परीक्षण गर्नुपर्ने देखिएपछि उहालाई आज थाइल्यान्डको समितिभेज अस्पताल लगिएको प्रवक्ता शर्माले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline