काठमाण्डौ,२१ मंसिर ।
नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्र र राष्ट्रियता अहिले संकटमा परेको भन्दै सबै एक हुनु पर्नेमा जोड दिनु भएको छ । सुदुरपश्चिमको भ्रमणमा रहनु भएकी नेत्री कोईरालाले आज कैलालीको लम्कीमा कार्यक्रता भेटघाट कार्यक्रममा बोल्दै मुलुक बचाउन राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको हो ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखसमेत रहेकी कोइरालाले भारतको अघोषित नाकाबन्दिका कारण देश संकटमा रहेको बेला एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।
संघियताको कारणले आपसमा नेपाली नागरीक लडिरहेको बताउदै अहिले रहेको ५ बिकास क्षेत्रलाई नै प्रदेश बनाउनु पर्ने धारण राख्नु भएको थियो । अहिलेको संबिधानले, थारु, मधेशी, पहाडि, आदिबासि, जनजाति, मुश्लीम , महिला सबैको हक अधिकार सुनिश्चत गराएको भन्दै यसमा कसैलाई शंका नगर्न सबैलाई आग्रह गर्नु भएको छ ।
नेत्री कोईरालाले जिरीजा बाबुको बेला देशमा संकट परेको बेला जनताका घरदैलोमा गएर सुझाव संकलन गर्ने र केन्द्रमा गएर निर्णय गर्ने गरेको स्मरण गर्दै आफुले पनि जनताका सुझाव संकलनका लागि सुदुरपश्चिम भ्रमण गरीरहेको बताउनुभयो । शिर्ष नेताहरुको अपरिपक्क निर्णयकाकारण देश अहिले संकटमा परेको बताउनु भयो ।
उहाले नाकाबन्दि र निरन्तरको आन्देलनका कारण खाना पकाउने एलपि ग्यास, पेटेल, डिजेल जस्ता अत्यावशकिय सामग्रीहरुको अभावले सर्बसाधारणको जनजिवन अत्यन्त प्रभावित भएको भन्दै, निकासका लागी कुटनितिक छलफल आवयक रहेको बताउनुभयो ।
देशमा भैरहेको राजनितिक उथलपुथलका कारण मधेशि नेताहरु आफ्नो व्यक्तिगत स्वार्थमा रहेको भन्दै नेत्री कोईरालाले देशको आन्तरीक मामिलामा समस्या समाधानका लागि भारत जानु व्यर्थ भएको आरोप लगाउनुभयो । एक अर्को फरक प्रसङ्गमा उहाँले नेपालि कांग्रेशको १३ औ अबिधेशनमा नया मुहार र सकारात्कम भावना भएका व्यक्तिहरुलाई स्थान पाउने बताउनुभयो ।