अनेमसंघद्धारा कालोवजारी र अभावविरुद्ध ध्यानाकर्षण

अनेमसंघद्धारा कालोवजारी र अभावविरुद्ध ध्यानाकर्षण

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

 दाङ, २१ मंसिर ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति दाङले भारतको नाकावन्दी र यसवाट सृजित समस्या समाधानका लागी सरकारको ध्यानाकर्षण गराएको छ ।

आज जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र वुझाँउदै समितिले देश संकटपुर्ण अवस्थावाट गुज्रिरहेको यो समयमा समस्या समाधानका लागी सरकारको तर्फवाट कुनै त्यस्तो पहल नभएको पनि जनाएको छ ।

अनेमसंघ क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सम्झना घर्ति नेतृत्वको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको हो ।

देशको समसामयिक अवस्था, राष्ट्रियता र महिलाका सवाल समेटिएको ज्ञापनपत्रमा भुपरिवेष्ठित देशले पाउनुुपर्ने व्यापार तथा पारवहन अधिकारका लागी अन्तराष्ट्रिय वातावरण निर्माण, अन्य देशहरुसंगको व्यापार नीति अवलम्वन, भारतीय तथा विदेशीहरुमा श्रम अनुमतिपत्र लागु गरिनुपर्ने उल्लेख छ ।

यसैगरी नेपाल भारत विच आवतजावत गर्दा परिचयपत्रको व्यवस्था, सिमा सुरक्षा वल गठन, अघोषित नाकावन्दी विरुद्धको संघर्षलाई अन्तराष्ट्रियकरण गरिनुपर्ने, स्वदेशमै ईन्धनको वैकल्पीक व्यवस्था गरिनुपर्ने र नाकावन्दीवाट उत्पन्न असहज परिस्थिती तथा कालोवजारीलाई अन्त्य गर्न सरकारलाई तदारुकता देखाउन माग गरिएको छ ।

यसैगरी राज्यको सम्पुर्ण निकायमा महिलालाई विशेष अधिकारसहित समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न, पैत्रिक सम्पत्तिमा समान हक अधिकारको कानुन निर्माण गरी व्यहारीक वनाउने लगाएत विभिन्न माग राखिएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष जानकी चौधरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा देशमा महिला हिंसा वढिरहेको उल्लेख गर्दै दोषिलाई कडा कारवाहीका लागी सरकासंग माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ