अवरुद्ध मोबाइल सेवा पाँच महिनापछि सञ्चालनमा

अवरुद्ध मोबाइल सेवा पाँच महिनापछि सञ्चालनमा

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

खोटाङ, २१ मङ्सिर ।

यस जिल्लाको दक्षिणी क्षेत्रमा अवरुद्ध भइआएको मोबाइल सेवा पाँच महिनापछि सञ्चालनमा आएको छ । काहुले–८ मा पर्ने होङ्मापोखरीस्थित टावर मर्मत गरिएपछि स्काई र नमस्ते मोबाइल सेवा सञ्चालन भएको हो ।

पावर युनिटमा समस्या देखिएको र टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरबाट सामान ल्याएर फेरेपछि आइतबार बेलुकादेखि मोबाइल सेवा सञ्चालन भएको टेलिकम खोटाङका प्रमुख भरोसी साहले जानकारी दिनुभयो ।

साहका अनुसार टावरका लागि आवश्यक सामग्री टाढाबाट ल्याउनुपर्ने भएकाले लामो समयसम्म मोबाइल सेवा अवरुद्ध हुनपुगेको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, इन्द्रेणीपोखरी, वाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देवीस्थान, पौवाशेरा, फाक्टाङ, बाराहापोखरी, सुन्तलेलगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसका सेवाग्राही हर्षित भएका छन् ।

होङ्मापोखरीमा जडान गरिएको टावरमा आएको खराबीका कारण गत असारदेखि दक्षिणी क्षेत्रमा सञ्चालित सिडिएमए र जिएसएम मोबाइल सेवा अवरुद्ध भएको थियो । दक्षिणी क्षेत्रमा यसअघि पनि पटकपटक यस्तो समस्या आउने गरेको काहुलेकी अनिता राईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ