मोर्चा कार्यकर्ताद्धारा आज वीरगन्ज बन्द

मोर्चा कार्यकर्ताद्धारा आज वीरगन्ज बन्द

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

वीरगन्ज, २१ मङ्सिर ।

आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले आज बिहानदेखि वीरगन्ज बन्द गराएका छन् ।

तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरूले आज बिहानदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्याक्टरसमेत चल्न दिएका छैनन् ।

यहाँ कुनै अप्रिय घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ