व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २१ मंसिर ।  

पटक पटक स्थगित हुदै आएको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक बिहान ११ बजेपछि सुरु हुने संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजो मधेश केन्द्रित दलका सांसदहरुको अवरोधका कारण एजेन्डमा नै प्रवेश नगरि स्थागित भएको बैठक आजका लागि बोलाएको हो । आफूहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै मधेस केन्द्रित दलका सांसदले संसद बैठक लगातार अवरोध गर्दै आएका छन् ।

आजको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक समितिको वार्षिक प्रतिवेदन तथा संविधान संशोधन विद्येयक पेश हुने संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

यस्तै बैठकमा मन्त्रीपरिषद विस्तार तथा सरकारी अन्य निर्णय सम्बन्धी प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलयको पत्र वाचन गर्ने कार्यसुची रहेको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ