पाँच मोर्चाका नेता तथा कार्यकर्ता रिहा

पाँच मोर्चाका नेता तथा कार्यकर्ता रिहा

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

इनरुवा, २० मङ्सिर ।

तराई मधेस क्षेत्रमा जारी आन्दोलनका क्रममा दुई हप्ताअघि सुनसरीको विभिन्न स्थानबाट पक्राउ परेका मोर्चाका पाँच नेता तथा कार्यकर्ता आज रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दाअन्तर्गत थुनामा राखिएका दुहवी, लौकही र भोक्राहाका मोर्चाआबद्ध कार्यकर्ता १६ दिनपछि रिहा भएका हुन्् ।

जिल्ला अदालत सुनसरीको आदेशमा आज साँझ उनीहरुलाई धरौटीमा रिहा गरिएको हो ।

अदालतबाट रु दुई हजार धरौटीमा रिहा हुनेमा लौकहीका–१ का ब्रह्मदेव यादव, वडा नं ४ का पर्शुराम यादव र भोक्राहाका विन्देश्वर यादव रहेका छन् ।

त्यसैगरी दुहवी बजार क्षेत्रमा आन्दोलन चर्काउने र तोडफोडमा संलग्न भएको भनी पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएका रञ्जीत गौस्वामी र मुन्ना हलुवाई समेत अदालतको आदेशमा रिहा भएका छन् । गौस्वामी र हलवाई दुवैलाई जनही रु सात हजार धरौटीमा रिहा भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ